असार १, २०८३ सोमबार June 15, 2026

बालेन शाहविरुद्ध मुद्दा ‘हेर्न नभ्याइने’मा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)विरुद्ध सर्वाेच्च अदालतमा दर्ता भएको अदालतको अवहेलना मुद्दा हेर्न नभ्याइनेमा परेको छ ।

गत शुक्रबार  अधिवक्ता वर्षाकुमारी झले बालेनविरुद्ध दिएको अदालतको अवहेलनासम्बन्धी रिट निवेदनमाथिको सुनुवाइका लागि आइतबार न्यायाधीश प्रकाशकुमार ढुंगनाको इजलासमा पेसी तोकिएको थियो । तर, हेर्न नभ्याइनेमा परेको हो ।

भारतीय फिल्मसम्बन्धी उच्च अदालत पाटनको आदेशलाई लिएर दिएको बालेनको अभिव्यक्तिले अदालतको अवहेलना भएको अधिवक्ता झाले रिट निवेदनमा दाबी गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया