असार २२, २०८२ आइतबार July 6, 2025

तरुण दलको तदर्थ समितिमा चार सय सदस्य मनोनित (सूचीसहित)

पार्टी भित्रका गुट-उपगुट सबैलाई समेट्दा तरण दलको तदर्थ समिति जम्बो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको तदर्थ समितिमा चार सय सदस्य थप गरिएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विद्वान गुरुङको अध्यक्षतामा रहको तरुण दलको तदर्थ समितिमा गएराति चार सय सदस्य थप गरेका हुन् ।

सभापति देउवाले सातै प्रदेशमा गरी सदस्य थप गरेको पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव डा. प्रदीप पराजुलीले जानकारी दिए । पार्टी भित्रका गुट-उपगुट सबैलाई समेट्दा तरण दलको जम्बो तदर्थ समिति बनेको हो ।

कोशी प्रदेशबाट ७२ जना सदस्य थप भएका छन् भने मधेस प्रदेशबाट ४७ जना थपिएका छन् । यस्तै बागमतीबाट १ सय ८, गण्डकीबाट ६५, लुम्बिनीबाट ४०, कर्णालीबाट ३३ र सुदूरपश्चिमबाट ३५ जना सदस्य थपिएका छन् ।

यसअघि महिला संघको तदर्थ समितिमा पनि उनले सदस्य थप गरेका थिए ।

May be an image of ticket stub and text

May be an image of text

May be an image of text

May be an image of ticket stub and text

May be an image of ticket stub and text

May be an image of ticket stub and text

May be an image of ticket stub and text

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया