असार ३०, २०८२ सोमबार July 14, 2025

मल वितरण प्रभावकारी बनाउन सांसदहरूको जोड

किसानले सधैँ मलको अभाव भोग्नुपर्ने अवस्थाको समाधान छिटो हुनुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः बजारमा रासायनिक मलको अभाव हुन नदिन वितरण प्रणाली नै प्रभावकारी बनाउनुपर्नेमा सांसदहरूले जोड दिनुभएको छ । सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा सांसदहरूले मलको आयात र वितरणको व्यवस्थापन प्रभावकारी हुनुपर्ने बताउनुभयो ।

सांसद ज्ञानेन्द्रबहादुर कार्कीले कृषिमा निर्भर अर्थतन्त्र भएको मुलुकका किसानले सधैँ मलको अभाव भोग्नुपर्ने अवस्थाको समाधान छिटो हुनुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै सांसद विष्णुप्रसाद पौडेलले मलको सम्बन्धमा देखिएका समस्या हल गर्न तत्कालीन र दीर्घकालीन उपाय अवलम्बन गरी कार्यान्वयनमा जानुपर्ने बताउनुभयो । दीर्घकालीन रूपमा रासायनिक मल कारखानामा स्थापना गर्न सबै क्षेत्रमा छलफल गरी छिट्टै समाधानमा जानुपर्ने उहाँको भनाइ छ ।

सांसद गङ्गा कार्कीले बिचौलिया र वितरण प्रणाली व्यवस्थित बनाउन तथा नीतिगत तथा संरचनागत सुधारका काम पूरा गरी किसानलाई सहज मल पाउने व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै सांसद रामनाथ अधिकारीले मल अभावको तत्कालीन समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुहुँदै उपलब्ध रहेका मलको सही व्यवस्थापन र वितरणमा ध्यान दिन अनुरोध गर्नुभयो ।

सांसद दीपक खड्काले रासायनिक मल वितरणमा बिचौलियाको प्रभाव रहेको उल्लेख गर्दै त्यसलाई तत्कालै समाधान गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै सांसद विराजभक्त श्रेष्ठले रासायनिक मलमा मात्रै निर्भर हुने कि हाम्रो परम्परागत र जैविक मलमा जानेबारे विचार गर्नुपर्ने बताउनुभयो ।

सांसद नारायणी शर्माले बजार व्यवस्थापन अझै प्रभावकारी बनाई असमान वितरण प्रणाली सुधार हुनुपर्ने बताउनुभयो ।

बैठकमा सांसद सूर्य थापाले मलको व्यवस्थापनका सम्बन्धमा बजेटको सुनिश्चितता अझै हुन नसकेको टिप्पणी गर्नुभयो ।

बैठकमा ज्येष्ठ सदस्यका रूपमा समितिको अध्यक्षता गर्नुभएका सांसद विनोद चौधरीले मल सर्वसाधारण नागरिकसँग प्रत्यक्ष जोडिएको विषयवस्तु भएकाले सरकारले समयमै यसको समाधानमा ध्यान दिनुपर्ने बताउनुभयो ।

खरिद प्रक्रिया छोट्याऔँ : मन्त्री भुसाल

कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसालले मल अभाव हुन नदिन खरिद प्रक्रियालाई छोटो बनाउनुपर्ने बताउनुभयो ।

बैठकमा मन्त्री भुसालले अहिलेको खरिद प्रक्रियालाई सहज र छोटो बनाउन आवश्यक ऐन र नियमावलीमा संशोधन गर्नुपर्ने, खरिद प्रक्रिया नियमित हुन जिटुजीमै जानुपर्ने तथा मल अभाव हुन नदिन बजेट समयमै सुनिश्चित हुनुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै सरकार रासायनिक मलका साथै जैविक मलको व्यवस्थाका सम्बन्धमा समेत अगाडि बढेको मन्त्री भुसालले जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘चिकित्सा क्षेत्रमा उत्पादित जनशक्ति स्वदेशभित्रै खपत हुने वातावरण बनाउनुपर्छ’ : शिक्षामन्त्री
२०८२ असार ३०, सोमबार
पशुमा लाग्ने लम्पीस्किनबाट एक सातामै १३९ वटा पशु मरे
२०८२ असार ३०, सोमबार
‘विकास भएको छैन भन्नु भ्रम हो’ : महामन्त्री शर्मा
२०८२ असार ३०, सोमबार
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताविच बालुवाटारमा छलफल
२०८२ असार ३०, सोमबार
बिमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन, सरकारद्वारा न्यायिक समिति गठन
२०८२ असार ३०, सोमबार
‘भूमिसम्बन्धी समस्या समाधान गर्न सरकार लागिरहेको छ’ – मन्त्री अधिकारी
२०८२ असार ३०, सोमबार
सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई तत्काल बर्खास्त गर्न गगन थापाको माग
२०८२ असार ३०, सोमबार