असार ३०, २०८२ सोमबार July 14, 2025

भ्रष्टाचार काण्डका फाइल सार्वजनिक लेखा समितिलाई दिन सांसद अर्जुननरसिंह केसीको माग

आगामी बैठक बस्नु अगावै समिति सचिवालयले चर्चित भ्रष्टाचार काण्डका फाइलहरुको सम्बन्धमा विस्तृत विवरण समितिका सदस्यहरुलाई दिनुपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले सार्वजनिक लेखा समितिलाई चर्चित भ्रष्टाचार काण्डका फाइलहरुको सम्बन्धमा विस्तृत विवरण दिन माग गरेका छन्।

आइतबार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै समितिका ज्येष्ठ सदस्य सभापति केसीले यस्तो माग गरेका हुन्। उनले आगामी बैठक बस्नु अगावै समिति सचिवालयले चर्चित भ्रष्टाचार काण्डका फाइलहरुको सम्बन्धमा विस्तृत विवरण समितिका सदस्यहरुलाई दिनुपर्ने बताए।

समितिले विगतको समितिले गरेको निर्णयलाई उल्ट्याउने नभई जानकारीका लागि पनि समितिले सो फाइलहरु उपलब्ध गराउनु आवश्यक रहेको उनको भनाइ थियो।

उनले समितिमा आएका अनियमितताका प्रकरणहरु थन्क्याएर राख्नु संसद् समितिको अपमान हुने बताए। उनले संसद्को समितिलाई अपमान गर्ने अधिकार कुनै संस्थालाई नरहेको जिकिर गरे।

उनले भने, ‘चर्चित भ्रष्टाचार काण्डका फाइलहरुको सम्बन्धमा विस्तृत विवरण यो समितिलाई दिनुपर्छ। मैले त भनिरहेको छु। एउटा बल्ल बल्ल पाएका थियौँ, बुझ्दै नबुझ्ने प¥यो, अर्को बैठक भन्दा अघि सचिवालयले दिनैपर्छ। प्रत्येक हामी मान्य सदस्यले त्यो थाहा पाउनुपर्छ। के भएको छ, के निर्णय भयो, निर्णयलाई उल्ट्याउँछौँ भनेको होइन, त्यो भ्रम परिसकेको छ, त्यो निर्णय भएको कुरा नयाँ उजुरी कहीँबाट आए हेर्न सक्छ समितिले, एकपटक टुंगिसकेको कुरा केही हुँदैन, तर जुन निर्णय भयो, त्यसलाई थन्क्याएको छ भने सरकारले थन्क्याएको भए सरकार र कुनै संवैधानिक संस्थाले गरेको छ भने संवैधानिक संस्थाले थन्क्यायो। यो संसद्को समितिलाई अपमान गर्ने अधिकार कुनै संस्थालाई छैन। निर्णय नगरी थन्क्याउने कुरा गम्भीर कुरा हो। त्यो सबै आओस्।’

समितिलाई चर्चित भ्रष्टाचार काण्डका फाइलहरुको सम्बन्धमा विस्तृत विवरण दिँदैमा निर्णय नउल्टिने सांसद केसीको भनाइ थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘चिकित्सा क्षेत्रमा उत्पादित जनशक्ति स्वदेशभित्रै खपत हुने वातावरण बनाउनुपर्छ’ : शिक्षामन्त्री
२०८२ असार ३०, सोमबार
पशुमा लाग्ने लम्पीस्किनबाट एक सातामै १३९ वटा पशु मरे
२०८२ असार ३०, सोमबार
‘विकास भएको छैन भन्नु भ्रम हो’ : महामन्त्री शर्मा
२०८२ असार ३०, सोमबार
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताविच बालुवाटारमा छलफल
२०८२ असार ३०, सोमबार
बिमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन, सरकारद्वारा न्यायिक समिति गठन
२०८२ असार ३०, सोमबार
‘भूमिसम्बन्धी समस्या समाधान गर्न सरकार लागिरहेको छ’ – मन्त्री अधिकारी
२०८२ असार ३०, सोमबार
सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई तत्काल बर्खास्त गर्न गगन थापाको माग
२०८२ असार ३०, सोमबार