काठमाडौं : सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का धर्मपत्नी सीताको निधनको खबरले स्तब्ध भएको बताएका छन्।
बुधबार शोक वक्तव्य जारी गरी घिमिरेले स्व.दाहालप्रति श्रद्धाञ्जलि व्यक्त गरेका हुन्। सभामुख घिमिरेले शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्।
प्रधानमन्त्री पत्नी सीताको आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया