काठमाण्डौः आज शेयर बजार नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक १२.६२ अंकले घटेर २,०८४.९३ को विन्दुमा कायम भएको छ ।
आज ५४ कम्पनीको शेयर मुल्य बढेको छ भने १६५ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज दिनभरिमा २९६ वटा कम्पनीको ९३ लाख ८२ हजार ४४० कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ३९ करोडमाथिको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज कम्पनीको २३ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोल्टी होटलको १७ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन लाइफको १६ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
बिहीबार शेयर बजार घटेतापनि दुुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज एनएमबि बैंक डिभेन्चर २०८५ र एसबिएल डिभेन्चर २०३४ को शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, एनआईबिएल समृद्धि फण्ड, सिटिजन्स म्युचुअल फण्ड लगायत अन्य कम्पनीहरुको शेयरमूल्य बढेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया