काठमाडौंः राष्ट्रिय सभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त राष्ट्र ऋण उठाउने विधेयक २०८० पारित गरेको छ ।
शुुक्ररबार बसेको राष्ट्रिय सभाको बैठकले अर्थमन्त्री डा प्रकाशशरण महतले राखेको राष्ट्र ऋण उठाउने विधेयक २०८० लाई पारित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको हो ।
पारित गर्नुअघि सो विधेयकमाथि दफावार छलफल भएको थियो । पारितसँगै सो विधेेेयकलाई प्रतिनिधिसभामा फिर्ता पठाइएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया