काठमाण्डौः संसद् सचिवालयले सांसदहरूलाई सम्पत्ति विवरण बुझाउन आग्रह गरेको छ।
आइतवार सूचना जारी गर्दै संघीय संसद् सचिवालयअन्तर्गत सांसद सुविधा व्यवस्थापन शाखाले आर्थिक वर्ष २०७९/०८० को सम्पत्ति विवरण बुझाउन आग्रह गरेको हो ।
सचिवालयले आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिनभित्र अर्थात् भदौ २८ गतेसम्म आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सा सहितको अद्यावधिक सम्पत्ति विवरण बुझाउन भनेको छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा (१) तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ क को उपदफा (१) बमोजिम संघीय संसदका प्रत्येक सदस्यले आर्थिक वर्ष सकिएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनु पर्ने व्यवस्था छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया