काठमाडौंः वायुसेवा सञ्चालक संघले ६ प्रतिशत हवाई भाडा वृद्धि हुने बताएको छ। साउन १ गते बाट हवाई सेवा कम्पनी भ्याटमा दर्ता हुने भएकाले भाडामा वृद्धि हुने संघले बताएको हो।
सरकारले लगाएको मूल्य अभिवृद्धि हालको भाडादरमै जोडिने संघले जनाएको छ। ‘वायुसेवा कम्पनीहरूले साउन १ गते देखी लागू हुनेगरि हवाई भाडा दरमा नै समावेश गरी मूल्य अभिवृद्धि कर उठाउने,’ विज्ञप्तिमा भनिएको छ ।
व्यवसायीका अनुसार सबै दूरीमा करिब ६ प्रतिशत रहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया