असार २२, २०८२ आइतबार July 6, 2025

लाइभले गर्दा देश विदेशका कार्यकर्ता जोडिन पाए : पुरञ्जन आचार्य (अन्तवार्ता)

बैठकका गतिविधि लाइभ गरिएपछि देशभरका नेता, कार्यकर्ताले आआफ्ना क्षेत्रका नेतालाई देख्न, हेर्न र सुन्न पाए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कांग्रेस केन्द्रीय कार्य समितिको बैठकलाई कसरी हेर्नुभएको छ ?

झन्डै एक वर्षयता बैठक बस्न नसकिरहेको समयमा कांग्रेसको बैठक सुरु हुनुलाई राम्रै संकेत मान्नुपर्छ । लामो समयसम्म बैठकसमेत बस्न नसक्नु लज्जास्पद विषय हो । यो बैठकले कम्तीमा त्यसमा विराम लगाएको छ । पदाधिकारीले आआफ्ना प्रतिवेदन पेस गर्नुभएको छ । तिनमा छलफल पनि होला । त्यसैले, यसलाई राम्रै मान्नुपर्छ ।

कार्य समिति बैठकलाई ‘लाइभ’ गर्नुको अर्थ के हुन सक्छ ? 

सायद यो नेपालकै पहिलो अभ्यास हुन सक्छ । बैठकका गतिविधि लाइभ गरिएपछि देशभरका नेता, कार्यकर्ताले आआफ्ना क्षेत्रका नेतालाई देख्न, हेर्न र सुन्न पाए । आफूले चुनेर केन्द्रमा पठाएका नेताले कसरी बोल्छन्, के बोल्छन्, त्यो हेरेर तिनको मूल्यांकन गर्न सक्ने अवस्था बनेको छ ।

यसअघि बैठक लाइभ नभए पनि ‘सूत्र’बाट प्राप्त सूचना भनेर बैठकका गतिविधि सार्वजनिक हुने गरेकै थिए । त्यस्ता सूत्रका सूचनाले पार्टी गतिविधिको सन्देश गलत तरिकाले प्रवाहित भइरहेको थियो । नेताहरूले बैठकमा एक तरिकाले प्रस्तुत हुने र बाहिर अर्कै तरिकाले प्रस्तुत हुने ‘डबल स्ट्यान्डर्ड’ देखाइरहेका थिए । सायद, त्यसैको झोकले सभापतिजीले यो बैठक लाइभ गराउनुभएको हुन सक्छ ।

 यो बैठकले पार्टी जीवनलाई गति दिन सक्ने सम्भावना कति देख्नुहुन्छ ?

यसले पार्टीमा राम्रै सन्देश देला । एक किसिमले पार्टी जीवनमा हलचल ल्याउला । लाइभले गर्दा देश विदेशका कार्यकर्ता जोडिन पाएका छन् । यसले पार्टी जीवनमा केही न केही गति त अवश्यै ल्याउला । नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार