काठमाण्डौः आज शेयर बजार उच्च अंकले बढेकाे छ । आज शेयर बजार नेप्से परिसूचक ६३.२४ अंकले बढेर २,२२७ दशमलव १६ को विन्दुमा कायम भएको छ ।
आज १९९ कम्पनकिो शेयर मुल्य बढेको छ भने १६ कम्पनीको शेयर मुल्य घटेको छ । आईतबार शेयर बजार बढेसँगै तीन कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज किसान लघुवित्त, चन्द्रागिरी हिल्स र लिबर्टी इनर्जी कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
आज दिनभरिमा २६६ वटा कम्पनकिो १२ लाख २ हजार ३०८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३७ करोडमाथिको शेयर कारोबार भएको छ । आज सबैभनदा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज कम्पनीको १४ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, ज्योति विकास बैंकको १३ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ग्लोबल आइएमई बैंकको १२ कोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ११ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै किसान लघुवित्त वित्तीय संस्था र चन्द्रगिरी हिल्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रशिततका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै एनआइविएल ग्रोथ फण्डका इकाईधनीले गुमाएका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया