श्रावण ५, २०८२ सोमबार July 21, 2025

बंगलादेशकाे राजधानी ढाकामा चारवटा बिस्फाेट

घटनास्थलमा ६ वटा घरेलु बम भएको कागजको झोला फेला परेको खुलाशा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः बंगलादेशमा भयानक विस्फोट भएको छ । राजधानी ढाकाको अमीनाबजार र सावरमा चारवटा विष्फोट भएका हुन् । साथै ढाका प्रहरीले छ स्थानमा बमहरू बरामद गरेको थियो, जसलाई सेनाको टोलीले निष्क्रिय पारेको थियो।

ढाका सञ्चारमाध्यमका अनुसार शनिबार दिउँसो करिब २ बजे अमिना बजारमा रहेको फिलिंग स्टेसनको अगाडि विष्फोट भएको थियो, जसले घटनास्थलमा हलचल मच्चाएको थियो । खबर पाए लगत्तै प्रहरी टोली पनि घटनास्थलमा पुगेको थियो ।

अधिकारीहरूले घटनास्थलमा ६ वटा घरेलु बम भएको कागजको झोला फेला पारेका छन् । घटनास्थलमा उपस्थित सैफुल इस्लामले दिउँसो पेट्रोल पम्प अगाडि रहेको तीनतले भवन नजिकै एउटा भ्यान आएको बताए । भ्यान यहाँ एक सेकेण्ड पनि रोकिएन र गुडिरहेको गाडीबाट झोला सडकमा फालेर हिडयो । त्यसको केही समय पछि विस्फोट भएको थियो ।

ढाका मिडियाका अनुसार पेट्रोल स्टेशनका प्रबन्धक नुरुल अमिनले विस्फोटको समयमा त्यहाँ कोही नभएको बताए। जसका कारण ठूला दुर्घटना भने हुन नसकेको बताए । अधिकारीहरूले बमहरूलाई निशस्त्र पार्न पानीको बाल्टिनमा राखे। एजेन्सी 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्र बैंकद्वारा लाभांश वितरणसम्बन्धी मार्गदर्शन जारी
२०८२ श्रावण ५, सोमबार
आज कति छ डलरको रेट ? राष्ट्र बैंकले तोक्यो नयाँ विनिमय दर
२०८२ श्रावण ५, सोमबार
साफ यू-२० च्याम्पियनसिपको उपाधि लागि नेपाल आज बंगलादेशसँग निर्णायक भिडन्तमा
२०८२ श्रावण ५, सोमबार
एमालेमा भण्डारी गुटको छुट्टै भेला : आन्तरिक तयारीमा संस्थापन
२०८२ श्रावण ५, सोमबार
श्रावणको पहिलो सोमबार शिवको दर्शन गर्दै थाहा पाउनुहोस् तपाँइको राशिफल
२०८२ श्रावण ५, सोमबार
उपाध्यक्ष गिरीको पदमुक्तिमा राप्रपा नेताहरूको विरोध : आन्तरिक लोकतन्त्रमा गम्भीर आघात
२०८२ श्रावण ५, सोमबार
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार