असार २६, २०८२ बिहिबार July 10, 2025

न्यायलय कुनै पनि दवाब, राजनितिक हस्तक्षेप र आर्थिक प्रलोभनबाट मुक्त हुनुपर्छ : प्रधानन्यायाधीश

न्यायलय दवाब, हस्तक्षेप र आर्थिक प्रलोभनबाट मुक्त हुनसकेन भने न्याय प्रदान गर्न सक्दैन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायलय कुनै पनि दवाब, राजनितिक हस्तक्षेप र आर्थिक प्रलोभनबाट मुक्त हुनुपर्ने बताएका छन् ।

आज (मंगलबार) अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले काठमाडौंमा आयोजना गरेको प्रकाश स्मृति मानव अधिकार पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानन्यायाधीश कार्कीले न्यायलय दवाब, हस्तक्षेप र आर्थिक प्रलोभनबाट मुक्त हुन नसकेको खण्डमा न्याय प्रदान गर्न नसकिने बताएका हुन् ।

‘न्यायलय दवाव र राजनीतिक हस्तक्षेपबाट मुक्त हुनुपर्छ । आर्थिक प्रलोभनबाट पनि मुक्त हुनुपर्छ । त्यो हुन सकेन भने न्यायलयले न्याय प्रदान गर्न सक्दैन । न्यायलयले न्याय प्रदान गर्न सकेन भने मानव अधिकारको संरक्षण पनि हुन सक्दैन,’– प्रधानन्यायाधीश कार्कीले भने ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया