असार २७, २०८२ शुक्रबार July 11, 2025

रक्षामन्त्रीको संयोजकत्वमा गठित समितिको म्याद ३ महिना थप गर्ने सरकारको निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः सरकारले दिगो भू–व्यवस्थापनमार्फत लखनदेही नदी बेसिनका जलाधार पुनरुत्थान र जीविकोपार्जनमा सुधार परियोजनाका लागि विश्व वातावरण सुविधावापत प्राप्त हुने २० करोड २२ लाख रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

यही साउन १६ गते बसेकाे मन्त्रिपरिषद्को बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा यस परियोजनाका लागि १५ लाख ५५ हजार पाँच सय पाँच अमेरिकी डलर अनुदान स्वीकार गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले  जानकारी दिनुभयाे ।

यस्तै बैठकले खाद्य तथा पोषण सुधार कार्यक्रम दोस्रोका लागि विश्व बैंकबाट २० मिलियन अमेरिकी डलर (झन्डै दुई अर्ब ६२ अर्ब रुपैयाँ बराबर) को अनुदान सहायता प्राप्त गर्नेसम्बन्धी दस्तावेजलाई अन्तिम रूप दिन नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय पनि गरेकाे छ ।

यस्ता छन् मन्त्रिपरिषद् बैठककाे निर्णयः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया