असार ३२, २०८२ बुधबार July 16, 2025

एमालेको अवरोधपछि राष्ट्रिय सभामा बैठक स्थगित

एमालेको अवरोधपछि राष्ट्रिय सभाको बैठक साउन २२ गते सोमबार १ बजेर १ मिनेटमा बस्ने गरी स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सुन तस्करीको विषयलाई लिएर नेकपा एमालेले राष्ट्रिय सभामा पनि अवरोध गरेको छ। एमालेको अवरोधपछि बिहीबारको राष्ट्रिय सभा बैठक स्थगित भएको छ।

बैठक सुरु भएलगत्तै एमाले सांसद भैरवसुन्दर श्रेष्ठले प्रतिपक्षले ध्यानाकर्षण गराउँदासमेत सरकार गम्भीर नभएको आरोप लगाए। विमानस्थलबाट त्यत्ति ठूलो मात्रामा भएको सुन तस्करीका कारण अन्तर्राष्ट्रिय स्तरमा नेपालको इज्जतमाथि दाग लागेको बताउँदै उनले सरकारले सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने बताए।

सरकार गम्भीर नहुँदा नयाँ तथ्यहरु बाहिर आइरहेको श्रेष्ठकाे भनाइ थियाे। यसअघि उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै एमालेले प्रतिनिधिसभा बैठकसमेत अवरुद्ध गरेको थियो।

एमालेको अवरोधपछि राष्ट्रिय सभाको बैठक साउन २२ गते सोमबार १ बजेर १ मिनेटमा बस्ने गरी स्थगित गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया