श्रावण ५, २०८२ सोमबार July 21, 2025

चीनलाई गोप्य सूचना बेचेको आरोपमा २ जना अमेरिकी सैनिक पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः महत्वपूर्ण सूचना चीनलाई बेचेको आरोपमा अमेरिकी नौसैनिकका दुई जना जवान क्यालिफोर्नियामा पक्राउ परेका छन् ।

अमेरिकी नौसेनाका दुई जना नाविकलाई चीनलाई संवेदनशील सैन्य सूचना उपलब्ध गराएको आरोपमा पक्राउ गरिएको बीबीसीले जनाएको छ । अंगीकृत अमेरिकी नागरिक २२ वर्षीय जिनचाओ वेईलाई चिनियाँ एजेन्टलाई राष्ट्रिय सुरक्षा जानकारी पठाउने षड्यन्त्र गरेको आरोप लगाइएको छ।

संवेदनशील फोटो र भिडियोका लागि पैसा लिएको आरोपमा २६ वर्षीय अफिसर वेनहेङ झाओलाई पक्राउ गरिएको थियो,उनको बयानका आधारमा वेईलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो।   अभियोजकहरूले बिहीबार सान डिएगोमा पत्रकार सम्मेलन गरेर दुई जनालाइ आरोपहरू घोषणा गरेका छन्।

पक्राउ परेका वेईले लडाकु जहाज र युद्ध मेसिनका विभिन्न संवेदनशील जानकारी र फोटो भिडियो चिनियाँ एजेन्टलाई पठाएको आरोप छ ।  सन् २०२२ को फेब्रुअरीमा उनी अमेरिकी नागरिक बन्ने प्रक्रियामा रहेकै बेला चिनियाँ एजेन्टले उनलाई सम्पर्क गरेका थिए।

अभियोगमा भनिएको छ, ‘ चिनियाँ एजेन्टले वेईलाई फोटो, भिडियो, प्राविधिक पुस्तिका र जहाजको खाकाका लागि हजारौं डलर तिरेको थियो।’दुई जनाले गरेको अपराध देशविरुद्धको ठूलो अपराध भएको पनि अमेरिकी अधिकारीले बताएका छन् ।

“जब सिपाही वा नाविकले नगद लिएर देशका सूचना बेच्छ ।  यो देशको लागि विश्वासघातको अन्तिम कार्य हो । उनिहरुलाई हामी कारबाही गर्न तयार हुनुपर्छ,” अमेरिकी अधिवक्ता र्यान्डी ग्रोसम्यानले भनेका छन्।

यस्तै, एजेन्टले झाओलाई जापानको ओकिनावामा रहेको अमेरिकी सैन्य आधारमा राखिएको राडार प्रणालीका तस्बिर र भिडियोहरू, रेखाचित्र र ब्लुप्रिन्टहरू चिनियाँ एजेन्टलाई झन्डै १५ हजार डलर बेचेको अमेरिकी दाबी छ ।

यदि दोषी प्रमाणित भएमा वेई र झाओलाई २० वर्षको जेल सजाय हुनेछ ।

चीनले अहिलेसम्म कुनै पनि जानकारी दिन अस्वीकार गरेको छ। वाशिंगटनमा रहेको चिनियाँ दूतावासका प्रवक्ता लिउ पेंग्युले अमेरिकाले पटक पटक यस्ता आरोप लगाएको र यो कुनै नौलो विषय नभएको बताएका छन् । उनले थपे, “चीनले अमेरिकी पक्षको आधारहीन निन्दा र चीनको बदनामको कडा विरोध गर्दछ।” एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया