असार ३२, २०८२ बुधबार July 16, 2025

एमाले सांसदको अवरोधपछी राष्ट्रियसभा बैठक स्थगित

अर्को बैठक साउन २४ गते बुधबार दिउँसो १ बजे बस्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ: सुन तस्करीको बारेमा छानबिन गर्न उच्च स्तरीय समिति गठनको माग गर्दै नेकपा एमालेले अवरोध गरेपछि आज पनि राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।

बैठकको सुरुमै एमाले सांसदहरु आसनबाट उठेर विरोध जनाएका थिए। त्यसपछि अध्यक्ष गणेश तिमिल्सिनाले रावललाई बोल्न समय उपलब्ध गराएका थिए ।

उनले आफूहरुले चाहेर नभइ बाध्यताले संसद अवरोध गर्नु परेको बताइन् ।

उनले सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका दावा छिरिङ शेर्पाको नागरिकता बारे पनि प्रश्न उठेको बताइन् ।

उनले भेपमा सुन तस्करीमा माओवादी नेता कृष्णबहादुर महरा र उनका छोरा राहुलको पनि संलग्नता रहेको प्रमाणसहितको प्रतिवेदन सीआईबीले तयार पारेको तर सरकारले उनीहरुलाई जोगाइरहेको आरोप लगाइन् ।

सरकारमा रहेका दलका मान्छे पनि तस्करीमा संलग्न रहेको आरोप लगाउँदै उनले सरकारले गर्ने छानबिनबाट सुन तस्करीको सत्यतथ्य आउन नसक्ने भएकाले विषेश छानबिन समिति गठन गर्नु पर्ने माग आफूहरुले राखेको बताइन् ।

अध्यक्ष तिमिल्सिनाले शीर्ष नेताहरुबीच संवाद चलिरहेको र समस्या समाधानको प्रयास भइरहेकाले सांसदहरुलाई आसन ग्रहण गर्न आग्रह गरेपनि उनीहरु आसन ग्रहण गर्न मानेनन् ।

त्यसपछि अध्यक्ष तिमिल्सिनाले अर्को बैठक साउन २४ गते बुधबार दिउँसो १ बजे बस्नेगरी स्थगित गरेको घोषणा गरे ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया