श्रावण ५, २०८२ सोमबार July 21, 2025

आफ्नो पक्षमा रिपोर्ट गर्ने अखबारलाइ चीनकाे १.३ लाख डलर अनुदान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः चीनले प्रशान्त क्षेत्रका सम्बन्धमा आफ्नो पक्षमा समाचार प्रकाशित गर्ने सोलोमन टापुको समाचार संस्था ‘द सोलोमन स्टार’ पत्रिकालाई १.३० मिलियन डलर अनुदान दिएको छ ।

द एशियन एजका अनुसार गत वर्ष सोलोमन टापुले चीनसँग सुरक्षा सम्झौता गरेको थियो। यसले अष्ट्रेलिया, अमेरिका र उनीहरूका सहयोगीहरूलाई चिन्तित बनाएको छ।

जसका कारण उक्त क्षेत्रमा चिनियाँ सेनाको उपस्थितिको आशंका बढेको छ । सोलोमन टापुका प्रधानमन्त्रीले सन् २०१९ मा ताइवान माथिको बेइजिङको दाबीलाई कूटनीतिक मान्यता दिएका थिए।

सोलोमन स्टार अखबार र पाओआ एफएम रेडियो स्टेशनले जुलाई २०२२ मा चिनियाँ दूतावासलाई कोषको प्रस्ताव गरेको थियो। यसमा चीनले सोलोमन टापुका तर्फबाट बेइजिङलाई फाइदा पु¥याएको दाबी गरिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया