श्रावण ५, २०८२ सोमबार July 21, 2025

किम जोङ उनद्धारा सेनाको शीर्ष जनरल बर्खास्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः उत्तर कोरियाली नेता किम जोङ उनले सेनाको शीर्ष जनरललाई बर्खास्त गरेको छ ।

सो बर्खास्ती पछि राष्ट्रपति किम जोङले युद्धको सम्भावनाको लागि थप तयारी गर्न निर्देशनसमेत दिएका छन । जसअनुसार उनले भनेका तयारीहरूमा हतियार उत्पादन प्रवर्द्धन र सैन्य अभ्यासको विस्तार जस्ता कुराहरू आह्वान गरिएको छ।

रोयटर्सका अनुसार किमले केन्द्रीय सैन्य आयोगको बैठकमा उत्तर कोरियाका शत्रुहरूलाई रोक्न बदला लिने उपायहरूबारे छलफल गर्ने क्रममा उक्त जानकारी दिएका हुन ।

राज्य नियन्त्रित मिडिया केसीएनएले विवरण नदिई सेनाका शीर्ष जनरल चिफ अफ द जनरल स्टाफ पाक सु इलको स्थानमा जनरल रि योङ गिललाई मनोनयन गरिएको बताएको छ । तर, रीलाई रक्षामन्त्रीको पदमा कायम राख्ने वा नराख्ने भन्ने स्पष्ट भएको छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया