कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

आजको विदेशी मुद्राको विनिमय दर, युराेकाे भाउ १४५ रूपैयाँ नाघ्याे

अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ ०५ पैसा र बिक्री दर १३२ रूपैयाँ ६५ पैसा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौ, २६ साउन । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ ०५ पैसा र बिक्री दर १३२ रूपैयाँ ६५ पैसा तथा युराेपियन युरो एकको खरिद दर १४५ रूपैयाँ ६० पैसा र बिक्री दर १४६ रूपैयाँ २६ पैसा कायम गरिएकाे छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ ५६ पैसा र बिक्री दर १६९ रूपैयाँ ३३ पैसामा काराेबार हुदाँ कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २३ पैसा र बिक्री दर ३६ रूपैयाँ ३९ पैसा, जापानिज येन १० को खरिदमा ९ रुपैयाँ १८ पैसा र बिक्रीदर ९ रुपैयाँ २२ पैसा, दक्षिण काेरियाली वन १०० को खरिदमा १० रूपैयाँ ७ पैसा र बिक्रीदर  १० रूपैयाँ ११ पैसामा खरिदबिक्री गर्न सकिनेछ ।

साउदी रियाल एकको खरिद दर ३५.२ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.३६  रुपैयाँ कायम गरिदिएकाे राष्ट्र बैंकले मलेसियन रिंगिट एकको खरिद दर २८.८८ रुपैयाँ रहेको छ भने बिक्री दर २९.१  रुपैयाँमा काराेबार गर्न अनुमति दिएकाे छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया