कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

सनराइज फर्स्ट म्युचुअल फन्डको लाभांश घोषणा

१३ करोड ७६ लाख रुपैयाँ इकाइधनीहरुलाई वितरण गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः सनराइज म्युचुअल फन्डअन्तर्गत सञ्चालिन सनराइज फर्स्ट म्युचुअल फन्डको लाभांश घोषणा गरिएको छ।

योजना व्यवस्थापक तथा डिपोजिटरीले आर्थिक वर्ष २०७९/८०का लागि सनराइज फर्स्ट म्युचुअल फन्डको लाभांश घोषणा गरेको हो। यो योजनाका इकाइधनीहरुलाई करसहित १६ प्रतिशत नगद प्रतिशत वितरण गरिने क्यापिटलले जनाएको छ। जसअनुसार १३ करोड ७६ लाख रुपैयाँ इकाइधनीहरुलाई वितरण गरिनेछ।

यो प्रतिफल वितरणार्थ बुक क्लोजको मिति भने छिट्टै प्रकाशित गरिने क्यापिटलले जनाएको छ। कोष प्रवर्द्धक लक्ष्मी सनराइज बैंक रहेको यो योजनाले विगत ३ वर्षमा इकाइधनीहरुलाई ६९ प्रतिशत लाभाशं वितरण गर्न सफल भएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया