श्रावण ५, २०८२ सोमबार July 21, 2025

भारतको उत्तर प्रदेशमा भाजपा नेताको गोली हानी हत्या

अभियुक्तलाई पक्राउ गर्न पाँच वटा टोली गठन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः भारतको उत्तरी राज्य उत्तर प्रदेशमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का एक स्थानीय नेताको गोली हानी हत्या गरिएको प्रहरीले शुक्रबार जनाएको छ ।

भारतको उत्तर प्रदेशको राजधानी लखनउबाट करिब ३५५ किलोमिटर उत्तरपश्चिममा पर्ने मुरादाबाद जिल्लामा रहेको आफ्नो घर बाहिर हिँडिरहेका ३४ वर्षीय अनुज चौधरीलाई बिहीबार साँझ मोटरसाइकलमा आएका तीन जनाले गोली हानेका थिए ।

चौधरीलाई तत्काल स्थानीय अस्पतालमा लगिएको थियो तर उपचारको क्रममा उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले यस सम्बन्धमा मुद्दा दर्ता गरेको छ र आरोपीलाई पत्ता लगाउने प्रयास गरिरहेको छ ।

उहाँले भन्नुभयो, “अभियुक्तलाई पक्राउ गर्न पाँच वटा टोली गठन गरिएको छ । उनीहरुलाई चाँडै नै पक्राउ गरी कडा कानूनी कारवाही गरिने प्रहरीद्वारा जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

चौधरी आफ्नो क्षेत्रमा स्थानीय चुनावमा पराजित भएका भाजपाका सक्रिय सदस्य हुनुहुन्थ्यो । चौधरीको शव पोष्टमार्टमका लागि पायक पर्ने नजिकको अस्पतालमा पठाइएको छ ।सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया