असार २६, २०८२ बिहिबार July 10, 2025

उपराष्ट्रपति यादव चीन प्रस्थान

उपराष्ट्रपति यादव भदौ ४ गते स्वदेश फर्किने कार्यक्रम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः उपराष्ट्रपति रामसहाय प्रसाद यादव चीन प्रस्थान गरेका छन् ।

सातौं चीन–दक्षिण एसिया प्रदर्शनी तथा २७औं चीन कुनमिङ आयात–निर्यात मेलामा सहभागी हुन उपराष्ट्रपति यादव सोमबार अपरान्ह चीनको कुन्मिङ प्रथान गरेका हुन् ।

उनको बिदाइका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरेलगायतका मन्त्रीहरु विमानस्थल पुगेका थिए । यही साउन ३१ गतेदेखि भदौ ३ गतेसम्म सञ्चालन हुने मेलाको उद्घाटन समारोहलाई उपराष्ट्रपति यादवले सम्बोधन गर्ने कार्यक्रम छ ।

उपराष्ट्रपति यादव चीन प्रस्थान – Online Khabar

चीन भ्रमण सकेर उपराष्ट्रपति यादव भदौ ४ गते स्वदेश फर्किने कार्यक्रम छ ।

उपराष्ट्रपति यादव चीन प्रस्थान (तस्बिरहरु) – Nepal Press

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया