असार ३२, २०८२ बुधबार July 16, 2025

राष्ट्रियसभा बैठक एक साताका लागि सर्‍यो {पत्रसहित}

भदौ ५ गते मङ्गलबार अपराह्न १ः०१ बजे बस्ने गरी निर्धारण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः बुधबारका लागि बोलाइएको राष्ट्रियसभा बैठक सरेको छ ।

बुधबार दिउँसो १ बजेर १ मिनेटका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक ५ भदौ मंगलबार दिउँसो १ बजेर १ मिनेटमा बस्ने गरी सारिएको संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख छ ।

‘राष्ट्रियसभाको बैठक उक्त दिन र समयमा नराख सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलले आग्रह गरेकोले राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय अध्यक्षज्यूले २०८० साल भदौ ५ गते मङ्गलबार अपराह्न १ः०१ बजे बस्ने गरी निर्धारण गर्नुभएको ब्यहोरा माननीय सदस्यहरूको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ,’ जारी सूचनामा उल्लेख छ ।

सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग राखेर प्रमुख प्रतिपक्षी एमालेले सदन अवरुद्ध गर्दै आएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया