श्रावण ५, २०८२ सोमबार July 21, 2025

बहुध्रुवीय विश्व व्यवस्थाको स्थिर विकास आवश्यकः राष्ट्रपति पुटिन

“अधिकांश देशहरू आफ्नो सार्वभौमसत्ता दाबी गर्न र आफ्नो राष्ट्रिय हित, परम्परा, संस्कृतिको रक्षा गर्न तयार छन्।”

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः विश्वले नयाँ बहुध्रुवीय विश्व व्यवस्थाको निरन्तर सुदृढीकरण खोजिरहेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताउँनु भएको छ । मस्कोमा आयोजित अन्तरराष्ट्रिय सुरक्षासम्बन्धी ११ औं सम्मेलनमा मङ्गलबार उहाँले सो धारणा राख्नु भएको हो ।

बहुध्रुवीयतातर्फ विश्वव्यापी परिवर्तनको चर्चा गर्दै पुटिनले भन्नुभयो “अधिकांश देशहरू आफ्नो सार्वभौमसत्ता दाबी गर्न र आफ्नो राष्ट्रिय हित, परम्परा, संस्कृतिको रक्षा गर्न तयार छन्।”

रूसी नेताको धारणा छ – बहुध्रुवीय विश्व व्यवस्थाले अन्ततः “स्थिर र दिगो विश्वव्यापी विकास” मा योगदान पुर्याोउँछ र दबाबमा रहेका सामाजिक, आर्थिक, प्राविधिक र वातावरणीय चुनौतीहरूको समाधान गर्न मद्दत गर्दछ।

उहाँले भन्नुभयो-हाल विश्वभर नयाँ द्वन्द्व उक्साउने र विद्यमान द्वन्द्वलाई बढाउने प्रयास गर्नेहरूले राष्ट्रहरूलाई विभाजन गरेर शक्तिकेन्द्रको आज्ञाकारी बनेको र अन्य राज्यहरूको स्रोतको दोहन गरेर “मानव त्रासदीबाट फाइदा लिन खोजिरहेका छन् ।”

“संयुक्त राज्य अमेरिकाले एशिया-प्रशान्त क्षेत्रमा अन्तरराज्यीय सम्बन्धको विद्यमान प्रणालीलाई उपयुक्त ठान्दै पुनर्संरचना गर्ने इच्छा राखेको छ र वाशिङ्गटनको इन्डो-प्यासिफिक रणनीतिहरू अमेरिकी नेतृत्वमा सैन्य र राजनीतिक संघहरू गठन गर्ने उद्देश्यले मात्र अभिप्रेरित छ ।” पुटिनको धारणा छ ।

नेटो सदस्य राष्ट्रहरूले सक्रिय रूपमा आफ्नो आक्रामक क्षमताको निर्माण गरिरहेका छन् र अन्य राज्यहरूमा दबाब दिन सैन्य र गैर-सैन्य माध्यमहरू प्रयोग गरिरहेको राष्ट्रपति पुटिनको दाबी छ ।

युक्रेनमा अर्बौं डलर लगानी गर्दै कीभलाई उपकरणहरू आपूर्ति गरेर पश्चिमी राष्ट्रहरूले द्वन्द्वलाई अझ चर्काउँदै लगेको र अन्य देशहरूलाई यसमा तानिरहेको पुटिनको धारणा छ ।सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु-१६ युथ लिग : चर्च ब्वाइज र फ्रेन्ड्स विजयी
२०८२ श्रावण ५, सोमबार
तुइनमै चुँडियो नारायणको सपना
२०८२ श्रावण ५, सोमबार
इञ्जिनियरिङ क्याम्पसमा पठनपाठन १३ दिनदेखि ठप्प, विकेन्द्रीकरण र स्वायत्तता पुनः लागूको माग
२०८२ श्रावण ५, सोमबार
त्रिधार्मिकस्थल हलेसी ‘बोलबम’ मेलामा अधिकांश दर्शनार्थी भारतीय
२०८२ श्रावण ५, सोमबार
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार