काठमाण्डौंः लिबियाको राजधानी त्रिपोलीमा बुधवार सशस्त्र झडप हुँदा कम्तिमा २७ जनाको मृत्यु भएको छ । भएको झडपमा परी २७ जनाको मृत्यु भएसँगै चिन्ता व्यक्त गरेको छ । अरब लिग (एएल) ले शहरमा तत्काल हिंसा अन्त्य गर्नसमेत आग्रह गरेको छ ।
झडपमा अन्य सय भन्दा बढी मानिस घाइते भएको बताइएको छ । झडप भएको स्थानबाट २३४ मानिसहरुलाई सुरक्षित स्थानान्तरण गरिएको थियो । अहिले घाइतेहरुको उपचारका लागि आपत्कालीन स्थान निर्माण गरिएको छ । सन् २०११ मा नेता मुअम्मर गद्दाफीको मृत्यु भएपछि लिबियामा हिंसा भड्किरहेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया