श्रावण ५, २०८२ सोमबार July 21, 2025

केप भर्डेमा डुङ्गा पल्टिँदा ६३ जनाभन्दा बढीको मृत्यु भएको आशंका

गिनी–बिसाउका एक नागरिक सहित ३८जनालाई डुङ्गाबाट उद्धार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः आन्ध्र महासागरको मध्यभागमा अवस्थित टापु देश केप भर्डेमा डुङ्गा पल्टिँदा ६३ जनाभन्दा बढीको मृत्यु भएको आशंका गरिएको छ भने अन्य ३८ जनाको उद्धार गरिएको अन्तरराष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) अधिकारीहरूलाई उद्धृत गर्दै अल जजीराले जनाएको छ ।

गत महिना सेनेगलबाट आप्रवासी बोकेर युरोपका निम्ति हिँडेको डुङ्गा केप भर्डेको जलक्षेत्रमा दुर्घटनाग्रस्त भएको माछा समाउन समुद्रमा तल्लीन स्पेनी माझीले देखेका थिए । तट रक्षकले जीवित र मृतकको कुल सङ्ख्या ४८ रहेको बताएका छन्भने स्थानीय शवगृहले सातवटा शव प्राप्त गरेको जनाएको छ । सेनेगलको विदेश मन्त्रालयले गिनी–बिसाउका एक नागरिक सहित ३८जनालाई डुङ्गाबाट उद्धार गरिएको बताएको छ ।

Boat Capsizes: A boat capsized in the sea at Cape Verde… 63 people died

सेनेगलबाट केप भर्डेतर्फ आइरहेको आप्रवासी चढेको डुङ्गा पल्टिँदा त्यसमा सवार ६३ जनाभन्दा बढीको मृत्यु भएको आशङ्का गरिएको आईओएमले आज एक विज्ञप्ति निकालेर बताएको छ । दुर्घटनामा ज्यान गुमाएका आप्रवासी स्पेन हुँदै युरोपका विभिन्न देशमा शरण लिन घरबाट निस्केका थिए ।एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु-१६ युथ लिग : चर्च ब्वाइज र फ्रेन्ड्स विजयी
२०८२ श्रावण ५, सोमबार
तुइनमै चुँडियो नारायणको सपना
२०८२ श्रावण ५, सोमबार
इञ्जिनियरिङ क्याम्पसमा पठनपाठन १३ दिनदेखि ठप्प, विकेन्द्रीकरण र स्वायत्तता पुनः लागूको माग
२०८२ श्रावण ५, सोमबार
त्रिधार्मिकस्थल हलेसी ‘बोलबम’ मेलामा अधिकांश दर्शनार्थी भारतीय
२०८२ श्रावण ५, सोमबार
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार