श्रावण ५, २०८२ सोमबार July 21, 2025

अमेरिकाद्धारा पुटिन निकट चार रुसी नागरिक माथी प्रतिबन्ध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अमेरिकाको जो बाइडेन सरकारले चार रुसी नागरिकलाई भिसा प्रतिबन्ध लगाएको छ ।

यी चार व्यक्ति सन् २०२० मा रुसका विपक्षी नेता एलेक्सी नभाल्नीलाई विष खुवाउने कार्यमा संलग्न थिए । चार अभियुक्तहरू एलेक्सी अलेक्जेन्ड्रोभ, कोन्स्टान्टिन कुद्र्याभस्टेभ, इभान ओसिपोभ र भ्लादिमिर पानायेभ हुन्।

अमेरिकी सरकारले ग्लोबल म्याग्निस्की ऐन अन्तर्गत यी चार रुसी नागरिकलाई प्रतिबन्ध लगाएको छ । यस ऐनले हत्या, यातना वा अन्य मानवअधिकार उल्लङ्घन गर्नेलाई गैरन्यायिक हिरासतमा राखेर वा उल्लङ्घन गर्नेको दलालको रूपमा काम गर्न निषेध गरेको छ। यी चार रुसी नागरिकलाई सन् २०२१ मा पनि फरक प्राधिकरणले प्रतिबन्ध लगाएको थियो ।

अमेरिकी प्रतिबन्धका कारण अब यी चार अभियुक्त र उनका परिवारका सदस्य अमेरिका प्रवेश गर्न पाउने छैनन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले भनेका छन्,  ‘आजको कारबाहीले अन्तर्राष्ट्रिय मानवअधिकार उल्लङ्घनका लागि मूल्य चुकाउनु पर्ने प्रमाण हो । अमेरिकाले यस्ता अपराधका लागि दोषीलाई जवाफदेही बनाइरहनेछ।’

एलेक्सी नाभाल्नीलाई विष दिएका आरोप लागेका कुद्र्याभस्टेभ अर्को रुसी विपक्षी नेता भ्लादिमिर कारा मुर्जाको निगरानीमा पनि संलग्न थिए। भ्लादिमिर कारा मुर्जा पनि हाल रुसी जेलमा छन्।

जानकारी होस कि एलेक्सी नाभाल्नी रूसका विपक्षी नेता हुन् र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको आलोचक मानिन्छन्। अगस्ट २०२० मा नाभाल्नी साइबेरियाको टम्स्क शहरबाट मस्कोको लागि उडानमा जाँदै थिए। उडानकै क्रममा उनलाई विष खुवाइएको थियो, जसले उनको अवस्था झनै बिग्रियो ।

अस्वस्थ्यताका कारण उनलाई उपचारको लागि जर्मनीको बर्लिन लगिएको थियो, जहाँ उनको स्वास्थ्यमा सुधार आएपछि नाभाल्नी जनवरी २०२१ मा पुनः रुस फर्किए र त्यसबेला देखि जेलमा छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु-१६ युथ लिग : चर्च ब्वाइज र फ्रेन्ड्स विजयी
२०८२ श्रावण ५, सोमबार
तुइनमै चुँडियो नारायणको सपना
२०८२ श्रावण ५, सोमबार
इञ्जिनियरिङ क्याम्पसमा पठनपाठन १३ दिनदेखि ठप्प, विकेन्द्रीकरण र स्वायत्तता पुनः लागूको माग
२०८२ श्रावण ५, सोमबार
त्रिधार्मिकस्थल हलेसी ‘बोलबम’ मेलामा अधिकांश दर्शनार्थी भारतीय
२०८२ श्रावण ५, सोमबार
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार