श्रावण ५, २०८२ सोमबार July 21, 2025

खाध्य संकट देखिने भए पछि किम जोङ पुगे धान खेतमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अहिलेसम्म तपाईले उत्तर कोरियाका तानाशाह किम जोङ उनलाई मिसाइल र रकेट लिएर देख्नु भएको होला तर यतिबेला उनी धान खेतमा देखिएका छन् ।

उनको मन र दिमागमा कुनै परिवर्तन भइरहेको छ वा अन्य कुनै कारण छ भन्ने अझै खुलेको छैन तर यतिबेला उत्तर कोरियामा खाद्य संकट छ, त्यसैले उनी धानबाली हेर्न धानबारी पुगेका हुन् सक्ने जनाइएको छ ।

समाचार अनुसार खाध्य उत्पादन बढाउनका लागि उनले सेनालाई समेत परिचालन गरेका छन् । सो कार्यमा उपलब्धी हासिल भएको देखिए पछि सेनाको प्रशंसा गर्दै उनले आफू माथिको जिम्मेवारी थपिएको बताए । ‘हामी खाद्य संकटबाट गुज्रिरहेका बेला कुनै पनि जमिन खाली रहन नपरोस्,’ उनले भने । केसीएनएका अनुसार यतिबेला उत्तर कोरियामा खाद्यान्न संकट गहिरिएको छ ।

यसअघि सन् १९९० मा प्राकृतिक प्रकोपका कारण भोकमरीको सामना गर्नुपरेको थियो । कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय सिमानामा सुरक्षाकर्मी बढेमा संकट थपिने विज्ञहरू बताउँछन् । यसबाहेक किमको बारेमा भनिएको छ कि उनले सेनालाई बलियो बनाउन सबै साधन प्रयोग गरिरहेका छन् र यसले आम जनताको जीवनमा असर गरिरहेको छ ।

समाचारअनुसार खेतीयोग्य जमिनको प्रत्येक टुक्रालाई बेवास्ता गर्न नसकिने र त्यसका लागि हेलिकप्टर र अन्य हलुका यातायातका विमान प्रयोग गर्ने निर्णय गरिएको बताइएको छ । खेतमा हुर्किरहेको बालीलाई नोक्सान नहोस् भनेर कीटनाशक छर्कनमा पनि जोड दिइएको छ ।

उता यसैबिच हालै देखिएको हावाहुरीका कारण बालीनालीमा क्षति पुगेको बताइएको छ । जसकाकारण  करिब १४ हजार कोरियाली नागरिकलाई सुरक्षित स्थानमा सार्नुपरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु-१६ युथ लिग : चर्च ब्वाइज र फ्रेन्ड्स विजयी
२०८२ श्रावण ५, सोमबार
तुइनमै चुँडियो नारायणको सपना
२०८२ श्रावण ५, सोमबार
इञ्जिनियरिङ क्याम्पसमा पठनपाठन १३ दिनदेखि ठप्प, विकेन्द्रीकरण र स्वायत्तता पुनः लागूको माग
२०८२ श्रावण ५, सोमबार
त्रिधार्मिकस्थल हलेसी ‘बोलबम’ मेलामा अधिकांश दर्शनार्थी भारतीय
२०८२ श्रावण ५, सोमबार
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार