श्रावण ५, २०८२ सोमबार July 21, 2025

युक्रेनको उत्तरी सहर चेर्निहिभमा रुसी आक्रमण, सातको मृत्यु, दर्जनौँ घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र मस्कोका शीर्ष सैन्य कमान्डरबीच भेटवार्ता भएको केही घण्टापछि शनिबार युक्रेनको उत्तरी सहर चेर्निहिभमा क्षेप्यास्त्र आक्रमण भएको छ। आक्रमणमा परी कम्तीमा सातजनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएका छन्।

किएभबाट करिब १५० किलोमिटर उत्तरमा बेलारुसतर्फ रहेको चेर्निहिभ रुसको आक्रमणको पहिलो महिनादेखि नै ठूला आक्रमणबाट धेरै हदसम्म जोगिएको थियो।

फेब्रुअरी ०२२ मा बेलारुस हुँदै युक्रेनमा आक्रमण गर्दा रुसी सेनाले सहरभरि मार्च गरेको थियो। पुटिनले दक्षिणी रुसको रोस्तोभ–अन–डोनको दुर्लभ भ्रमणका क्रममा रुसी सेनाका शीर्ष जर्नेललाई भेटेपछि यो आक्रमण भएको हो।

यो आक्रमण हुँदा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की स्विडेनको भ्रमणका लागि त्यसतर्फ लागिसकेका थिए।

चेर्निहिभ आक्रमणबारे पुष्टि गर्दै युक्रेनका गृहमन्त्री इगोर क्लाइमेन्कोले टेलिग्रामसँग भने, ‘सातजनाको मृत्यु भएको छ। कम्तीमा ११ बालबालिकासहित ३७ जना घाइते भएका छन्।’

क्लाइमेक्कोका अनुसार यो आक्रमण ‘सहरको मध्यभागमा’ एउटा चोकमा भएको थियो, जहाँ पोलिटेक्निक विश्वविद्यालय र एउटा नाट्यशाला छ। ‘एउटा सामान्य शनिबारलाई रुसले पीडा र क्षतिको दिनमा परिणत गरेको छ,’ युक्रेनी राष्ट्रपति जिलेन्स्कीले स्विडेन पुगेपछि भने।

उनले घटनास्थलबाट एउटा भिडियो पोस्ट गरेका थिए। यसमा सोभियतकालीन एउटा ठूलो भवनको चारैतिर भग्नावशेष देखिएको छ, त्यसको वरिपरि रोकेर राखिएका कारहरूमा आंशिक रूपमा क्षति भएको छ।

एएफपीका सञ्चारकर्मीहरूले तारास सेभचेन्को नाट्यशाला संगीत एकेडेमीबाहिर दमकल देखेको बताएका छन्। आसपासका केही भवनमा पनि सामान्य क्षति पुगेको छ।एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु-१६ युथ लिग : चर्च ब्वाइज र फ्रेन्ड्स विजयी
२०८२ श्रावण ५, सोमबार
तुइनमै चुँडियो नारायणको सपना
२०८२ श्रावण ५, सोमबार
इञ्जिनियरिङ क्याम्पसमा पठनपाठन १३ दिनदेखि ठप्प, विकेन्द्रीकरण र स्वायत्तता पुनः लागूको माग
२०८२ श्रावण ५, सोमबार
त्रिधार्मिकस्थल हलेसी ‘बोलबम’ मेलामा अधिकांश दर्शनार्थी भारतीय
२०८२ श्रावण ५, सोमबार
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार