श्रावण ५, २०८२ सोमबार July 21, 2025

थाईल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन मङ्गलबार स्वदेश फर्कने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा मङ्गलबार स्वदेश फर्कने उनकी छोरी पेतोङतार्न सिनावात्राले बताएकी छन् । सन् २००६ मा भएको सैन्य ‘कू’ मा सत्ताच्युत भएका ७४ वर्षीय अर्बपतिले १५ वर्ष स्वनिर्वासनमा बिताएका छन् ।

थाक्सिनले लामो समयदेखि आफू घर फर्कन चाहेको बताउँदै आएका छन् तर उनीमाथि विभिन्न आपराधिक आरोप लागेका छन् ।

‘मङ्गलबार (अगस्ट २२) को ठीक ९ः०० बजे म आफ्ना बुबा थाक्सिनलाई डन मुआङ विमानस्थलमा स्वागत गर्नेछु,’ फेउ थाई पार्टीका तर्फबाट प्रधानमन्त्रीका प्रत्यासीमध्येकी एक उनकी छोरी पेतोङतार्न सिनावात्राले इन्स्टाग्राममा लेखेकी छन् ।

‘उहाँ यस पटक निश्चित रूपमा घर आउँदै हुनुहुन्छ’ थाक्सिनले भनेकी छन् ।

बीबीसी थाईसँग कुरा गर्दै थाक्सिनले भनेका छन्, ‘म जनताको चित्त दुखाउन चाहन्नँ । म चाहन्छु कि सबैले एकअर्कालाई माया गरून् । म देश शान्तिपूर्ण होस् भन्ने चाहन्छु ।’

उनले अगाडि थपे, ‘म बूढो भएँ, म मेरा नातिनातिनाहरूलाई सम्झन्छु, म मेरो परिवारसँग बस्न चाहन्छु ।’

थाक्सिनसम्बद्ध फेउ थाई पार्टीकी श्रेता थाभिसिनलाई प्रधानमन्त्रीका रूपमा अनुमोदन गर्ने वा नगर्ने र मे महिनामा भएको आम निर्वाचनपछि महिनौंदेखिको राजनीतिक अनिश्चितता अन्त्य गर्ने विषयमा दिउँसो हुने मतदानपूर्व उनको पुनरागमन हुनेछ ।

प्रधानमन्त्री बन्नका लागि सेरेथाले ५०० निर्वाचित सांसदको तल्लो सदन र राज्यको अन्तिमतिर शैनिक प्रशासक (जुन्टा)ले छानेको २५० सदस्यीय सिनेटमा बहुमत जुटाउनु आवश्यक छ ।

प्रोग्रेसिभ मुभ फरवार्ड पार्टी (एमएफपी) ले चुनावमा सबैभन्दा बढी संसदीय सीट जितेको थियो तर सिनेटबाट मत नपाउँदा एमएफपीले आफ्नो नेतालाई प्रधानमन्त्री बनाउन विफल भएको छ ।

फेउ थाई दोस्रो स्थानमा आएको छ र सरकार गठनको प्रयास गरिरहेका छ । उहाँ लामो समयदेखि विभाजनकारी व्यक्तित्व रहे पनि राजनीतिक विश्लेषकहरूले थाक्सिनको उपस्थितिले विरोध प्रदर्शन सुरु हुने अपेक्षा गरेका छैनन् । सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु-१६ युथ लिग : चर्च ब्वाइज र फ्रेन्ड्स विजयी
२०८२ श्रावण ५, सोमबार
तुइनमै चुँडियो नारायणको सपना
२०८२ श्रावण ५, सोमबार
इञ्जिनियरिङ क्याम्पसमा पठनपाठन १३ दिनदेखि ठप्प, विकेन्द्रीकरण र स्वायत्तता पुनः लागूको माग
२०८२ श्रावण ५, सोमबार
त्रिधार्मिकस्थल हलेसी ‘बोलबम’ मेलामा अधिकांश दर्शनार्थी भारतीय
२०८२ श्रावण ५, सोमबार
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार