काठमाडौंः आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्यसूची तय गर्दै आज मूल्य घटेको जनाएको हो ।
शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ४०० रुपैयाँ रहेकोमा आज घटेर १ लाख १० हजार ३०० रुपैयाँमा झरेको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ८५० रुपैयाँबाट झरेर आइतबार तोलामा १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य भने स्थिर छ । महासंघका अनुसार आज चाँदीको कारोबार प्रतितोला १३ सय ९० रुपैयाँ छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया