असार ३२, २०८२ बुधबार July 16, 2025

 दलहरुबीच सहमति जुट्न नसकेपछि संसद बैठक बस्दै नबसी स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः पूर्वनिर्धारित प्रतिनिधि सभाको बैठक बस्दै नबसी स्थगित भएको छ । दलहरुबीच सहमति जुट्न नसकेपछि बैठक मंगलबार दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको हो ।

संसद् खुलाउने प्रयासस्वरुप प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजै राष्ट्रिय मान्यता प्राप्त दलका नेताहरुसँग छलफल गरेका छन् ।

त्यस्तै सभामुख देवराज घिमिरेले पनि संसद् खुलाउने विषयमा प्रमुख दलका सचेतकहरुसँग छलफल भएका थिए ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भ्रष्टाचार छानबिन गर्न उच्चस्तरीय समिति बनाउन माग गर्दै निरन्तर सदन अवरोध गरिरहेको छ । बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया