श्रावण ५, २०८२ सोमबार July 21, 2025

संसदले पारित गरेको दुई बिद्येयक प्रमाणिकरण गर्न पाकिस्तानी राष्ट्रपतिद्धारा अस्विकार

दुवै सदनबाट पारित भएको १० दिनभित्र राष्ट्रपतिले विधेयकको मस्यौदामा हस्ताक्षर नगरे कानुन नबन्ने पक्का

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले संसदबाट पारित दुई महत्वपूर्ण विधेयकमा हस्ताक्षर गर्न अस्वीकार गरेका छन्।

सो विधेयकहरूले अधिकारीहरूलाई राज्य र सेना विरुद्ध कार्यहरूको लागि व्यक्तिहरूलाई अभियोग लगाउन थप शक्ति दिदै थियो । कानुन मन्त्रालयले राष्ट्रपतिको यो कदम असंवैधानिक भएको जनाएको छ ।

रोयटर्स समाचारका अनुसार यी बिद्येयकहरू पाकिस्तानको संसदको दुवै सदनबाट पारित भइसकेको छ। डा. अल्वी पूर्व प्रधानमन्त्री इमरान खानको पाकिस्तान तहरीक ए इन्साफ (पीटीआई) पार्टीका सदस्य हुन्, जसले दुवै विधेयक पारित गर्ने गठबन्धन सरकारको विरोध गर्दछ।

God is my witness': Pakistan's president denies signing key laws

डा. अल्वीले सोशल मिडिया प्लेटफर्म एक्समा मा भने, ‘भगवान मेरो साक्षी हुनुहुन्छ, मैले आधिकारिक गोप्य संशोधन विधेयक २०२३ र पाकिस्तान सेना संशोधन विधेयक २०२३ मा हस्ताक्षर गरिन किनभने म यी कानूनहरूसँग असहमत छु।’

अल्वीले ती हस्ताक्षर नगरिएका बिलहरूलाई प्रभावहीन बनाउनका लागि तोकिएको समयभित्र व्यवस्थापिकामा फिर्ता गर्न आफ्ना कर्मचारीलाई आग्रह गरेको बताए। ‘यद्यपि, मलाई आज थाहा भयो कि मेरो कर्मचारीले मेरो इच्छा र आदेशलाई कमजोर बनायो,’ उनले भने।

कानुन तथा न्याय मन्त्रालयले राष्ट्रपतिको निर्णयलाई गम्भीर चासोको विषय भएको बताएको छ ।

‘राष्ट्रपतिसँग दुईवटा विकल्प छन्, या त स्वीकृति गर्ने या विशेष टिप्पणीको साथ संसदमा पठाउने,’  मन्त्रालयले एक विज्ञप्तिमा भन्यो। यससँगै राष्ट्रपतिले कुनै पनि विकल्प पूरा नगरेको मन्त्रालयले जनाएको छ ।

‘यस्तो कार्य संविधानको मूल मर्मविपरीत हो,’ मन्त्रालयले भन्यो ।

संविधानअनुसार दुवै सदनबाट पारित भएको १० दिनभित्र राष्ट्रपतिले विधेयकको मस्यौदामा हस्ताक्षर नगरे वा आफ्नो टिप्पणी वा आपत्तिसहित फिर्ता गरेमा कानुन निमार्ण हुन सक्दैन । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु-१६ युथ लिग : चर्च ब्वाइज र फ्रेन्ड्स विजयी
२०८२ श्रावण ५, सोमबार
तुइनमै चुँडियो नारायणको सपना
२०८२ श्रावण ५, सोमबार
इञ्जिनियरिङ क्याम्पसमा पठनपाठन १३ दिनदेखि ठप्प, विकेन्द्रीकरण र स्वायत्तता पुनः लागूको माग
२०८२ श्रावण ५, सोमबार
त्रिधार्मिकस्थल हलेसी ‘बोलबम’ मेलामा अधिकांश दर्शनार्थी भारतीय
२०८२ श्रावण ५, सोमबार
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार