श्रावण ५, २०८२ सोमबार July 21, 2025

अमेरिकी राष्ट्रपति भारत भ्रमणमा आउँदै

राष्ट्रपति बाइडेनले सेप्टेम्बर ७ देखि १० सम्म भारत भ्रमण गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः भारतले हाल जी २० देशको अध्यक्षता गरिरहेको छ। यसै क्रममा सेप्टेम्बरमा भारतको आयोजनामा जी २० शिखर सम्मेलन आयोजना हुनेछ । यसमा धेरै देशका नेताहरुको सहभागिता रहनेछ ।

यसैबीच,जी २० शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेन सहभागी हुने जानकारी आएको छ।

ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले मंगलबार पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् । उनले राष्ट्रपति बाइडेन सेप्टेम्बर ७ देखि १० सम्म भारत भ्रमण गर्ने जानकारी दिए ।

ह्वाइट हाउसका प्रेस सेक्रेटरी करिन जीन पियरेले पनि जो बाइडेनको भारत भ्रमणको सन्दर्भमा एक विज्ञप्ति जारी गरेका छन । विज्ञप्तिमा भनिएको छ कि जी २० शिखर सम्मेलनमा उनले अन्य नेताहरूसँग युक्रेन द्वन्द्व लगायतका धेरै विश्वव्यापी चुनौतीहरूबारे छलफल गर्नेछन्। यसका साथै बाइडेनले जी २० मा प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वको पनि प्रशंसा गर्नेछन्।

विज्ञप्ति अनुसार राष्ट्रपति बिडेन र जी २० साझेदारहरूले स्वच्छ ऊर्जा संक्रमण र जलवायु परिवर्तन विरुद्ध लड्न र युक्रेन द्वन्द्वको आर्थिक र सामाजिक प्रभावहरूलाई कम गर्ने जस्ता विश्वव्यापी मुद्दाहरूलाई सम्बोधन गर्न धेरै संयुक्त प्रयासहरू छलफल गर्नेछन्। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु-१६ युथ लिग : चर्च ब्वाइज र फ्रेन्ड्स विजयी
२०८२ श्रावण ५, सोमबार
तुइनमै चुँडियो नारायणको सपना
२०८२ श्रावण ५, सोमबार
इञ्जिनियरिङ क्याम्पसमा पठनपाठन १३ दिनदेखि ठप्प, विकेन्द्रीकरण र स्वायत्तता पुनः लागूको माग
२०८२ श्रावण ५, सोमबार
त्रिधार्मिकस्थल हलेसी ‘बोलबम’ मेलामा अधिकांश दर्शनार्थी भारतीय
२०८२ श्रावण ५, सोमबार
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार