श्रावण ५, २०८२ सोमबार July 21, 2025

थाइल्याण्डका नयाँ प्रधानमन्त्रीमा थाभिसिनद्वारा पदभार ग्रहण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राजाको समर्थनमा थाइल्याण्डका नयाँ प्रधानमन्त्री बनेका मोगुल स्रेथा थाभिसिनले बुधबार पदभार ग्रहण गरेका छन् ।

अर्बपति पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रासँग लामो समयदेखि सम्बद्ध फेउ थाई पार्टीकी पूर्व धनाड्य थाभिसिनको नियुक्तिले मेको आम निर्वाचनपछि महिनौंदेखिको राजनीतिक गतिरोध अन्त्य गरेको छ ।

थाक्सिन १५ वर्षको निर्वासनबाट स्वदेश फर्केको केही घण्टापछि मङ्गलबार संसदीय मतदानबाट ६१ वर्षीय थाभिसिनलाई प्रधानमन्त्रीका रूपमा अनुमोदन गरेको पुष्टि गरिएको थियो । त्यसैगरी थाक्सिनलाई भ्रष्टाचारको पुरानो मुद्दामा तत्काल जेल चलान गरिएको छ ।

स्थानीय समयानुसार मङ्गलबार साँझ ६ . ०० बजे फेउ थाई मुख्यालयमा आयोजित एक समारोहमा श्रीताले राजा महा वजिरालोङकोर्नको सरकार गठनको लिखित आदेश प्राप्त गरेका थिए । थाइल्यान्डको पछिल्लो सरकारलाई सत्ताच्युत गर्ने पूर्व सेनाप्रमुख प्रयुत चान ओ चाले श्रेतालाई बधाई दिँदै शुभकामना दिएका छन् ।

Srettha Thavisin elected Thailand PM as Thaksin returns from exile | News |  Al Jazeera

मे महिनामा भएको चुनावमा प्रगतिशील मुभ फरवार्ड पार्टी (एमएफपी) ले युवा र शहरी असन्तोषको लहर चलाएपछि प्रयुतको दल पराजीत हुन पुगेको हो ।

तर एमएफपीले शाही अपमान कानूनमा सुधार गर्न र शक्तिशाली निहित व्यापारिक स्वार्थहरू विरुद्ध लड्ने बताएपछि थाइल्याण्डको अभिजात वर्गलाई तर्साएको थियो । यही कारण एएफपी नेता पिता लिम्जारोएनरतलाई प्रधानमन्त्री बन्नबाट रोकियो ।

यसले चुनाव उपविजेता फेउ थाईका लागि एक गठबन्धन निर्माण गर्न बाटो खोल्यो जसमा प्रयुतको पार्टी र सन् २००६ मा थाक्सिनलाई सत्ताच्युत गर्ने जनरलहरू र २०१४ मा उहाँकी बहिनी यिङ्गलकसँग सम्बन्धित अर्को गठबन्धन रहेको छ ।

थाई राजनीतिको पछिल्लो दुई दशक थाक्सिन समर्थक पार्टीहरू र राज्यको शक्तिशाली सैन्य समर्थक र राजावादी संस्थापनबीचको तिक्ततापूर्ण सङ्घर्षले रङ्गिएको छ ।

थाक्सिनलाई मङ्गलबार आठ वर्षको जेल सजाय सुनाइएको थियो, तर उहाँको पुनरागमनको समय र फेउ थाईको सैन्य समर्थक पार्टीहरूसँग सत्ता साझेदारी गर्ने निर्णयले धेरैलाई उहाँलाई उदारता प्रदान गर्न ‘ब्याकरुम’ सम्झौता गरिएको अनुमान गर्ने आधार खडा गरेको छ । यद्यपि, पार्टीले यसलाई अस्वीकार गरेको छ ।

म्यानचेस्टर सिटीका पूर्व मालिक ७४ वर्षीय थाक्सिनलार्ई बुधबार कारागारको क्वारेन्टाइनबाट प्रहरी अस्पतालमा सारिएको थियो । थाइ सञ्चारमाध्यमका अनुसार उहाँलाई बैङ्ककको डाउनटाउनमा रहेको प्रहरी जनरल अस्पतालको १४ औं तल्लामा रहेको एक निजी भीआईपी कोठामा राखिएको छ । एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु-१६ युथ लिग : चर्च ब्वाइज र फ्रेन्ड्स विजयी
२०८२ श्रावण ५, सोमबार
तुइनमै चुँडियो नारायणको सपना
२०८२ श्रावण ५, सोमबार
इञ्जिनियरिङ क्याम्पसमा पठनपाठन १३ दिनदेखि ठप्प, विकेन्द्रीकरण र स्वायत्तता पुनः लागूको माग
२०८२ श्रावण ५, सोमबार
त्रिधार्मिकस्थल हलेसी ‘बोलबम’ मेलामा अधिकांश दर्शनार्थी भारतीय
२०८२ श्रावण ५, सोमबार
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार