श्रावण ५, २०८२ सोमबार July 21, 2025

भारत सरकारले उसिना चामलमा २० प्रतिशत निर्यात शुल्क लगाउने

निर्यातमा २० प्रतिशत भन्सार दर लागू गर्दा विश्वव्यापी मूल्यमा थप वृद्धि हुने सम्भावना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः भारतको संघीय सरकारले उसिना चामलको निर्यातमा २० प्रतिशत कर लगाएको अधिकारीहरूले शनिबार बताएका छन् ।

आन्तरिक बजारमा पर्याप्त आपूर्ति सुनिश्चित गर्दै मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले अर्थ मन्त्रालयले शुक्रबार साँझ उक्त आदेश जारी गरेको हो । निर्देशन अनुसार, निर्यात शुल्क तत्काल कार्यान्वयन गरी अक्टुबर ३१ सम्मका लागि प्रभावकारी रहनेछ ।

यो नयाँ प्रतिबन्धसँगै भारतले अब सबै प्रकारका गैर–बासमती चामलमा प्रतिबन्ध लगाएको छ, जुन भारतको कुल चामल निर्यातको लगभग २५ प्रतिशत हो ।

यसको निर्यातमा २० प्रतिशत भन्सार दर लागू गर्दा विश्वव्यापी मूल्यमा थप वृद्धि हुने सम्भावना छ ।

गत महिना अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले भारतले चामल निर्यातमा लगाएको प्रतिबन्धले विश्वव्यापी मुद्रास्फीतिमा प्रभाव पार्ने र बाँकी विश्वमा खाद्य पदार्थको मूल्यमा उतारचढाव बढाउने बताएको र एक निश्चित श्रेणीको चामलको निर्यातमा लगाइएको प्रतिबन्ध हटाउन आग्रह गरेको थियो । सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया