श्रावण ५, २०८२ सोमबार July 21, 2025

जिम्बाब्वेको राष्ट्रपतिमा मनाङ्गाग्वा दोस्रो कार्यकालका लागि निर्वाचित

ज्यानु पिएफ पार्टीका मनाङ्गाग्वा एमर्सन दम्बुड्जोलाई अगस्ट २६, २०२३ देखि लागू हुनेगरी जिम्बाब्वे गणतन्त्रको विधिवत राष्ट्रपति घोषित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः जिम्बाब्वेको राष्ट्रपतिमा इमर्सन मनाङ्गाग्वा दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । कुल मतको ५२.६ प्रतिशत मत प्राप्त गरेपछि उनी दोस्रो कार्यकाल (५ वर्ष) का लागि पुनः निर्वाचित भएका जिम्बाब्वे निर्वाचन आयोग (जेडइसी) ले शनिबार घोषणा गरेको हो ।

जेडइसी अध्यक्ष प्रिसिला चिगुम्बाले अगस्ट २३-२४ को चुनावमा मनाङ्गाग्वाले अन्य १० जना राष्ट्रपतिका प्रतिद्वन्द्वीलाई पराजित गरेको बताए ।

‘धारा ११० को उपदफा ३ को शर्तमा यो घोषणा गर्दछु की ज्यानु पिएफ पार्टीका मनाङ्गाग्वा एमर्सन दम्बुड्जोले २३ लाख ५० हजार ७११ मत प्राप्त गर्नुभएको छ । जुन राष्ट्रपतिमा खसेको वैध मतको आधा भन्दा बढी हो । त्यसैले ज्यानु पिएफ पार्टीका मनाङ्गाग्वा एमर्सन दम्बुड्जोलाई अगस्ट २६, २०२३ देखि लागू हुनेगरी जिम्बाब्वे गणतन्त्रको विधिवत राष्ट्रपति घोषित गरिएको छ,’ उनले भने ।

मनाङ्गाग्वाका प्रमुख प्रतिस्पर्धी र विपक्षी सिटिजन्स फर कोएलिशन चेन्ज (सीसीसी) का नेता नेल्सन चामिसाले वैध मतको ४४ प्रतिशत मत प्राप्त गरेको निर्वाचन आयोग अध्यक्ष चिगुम्बाले जानकारी दिए ।

जिम्बाब्वेको कानूनअनुसार राष्ट्रपति हुनका लागि कुल वैध मतको ५० प्रतिशत मत प्राप्त गर्नुपर्छ । जिम्बाब्वेका जनताले बुधबार र बिहीबार नयाँ राष्ट्रपति, संसदका सदस्य र स्थानीय सरकारका प्रतिनिधि छान्न मतदान गरेका थिए ।

जेडइसीका अनुसार मनाङ्गाग्वाको सत्तारुढ जानुपीएफ पार्टीले संसदीय सिटको बहुमत हासिल गरेको छ । –सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया