असार २६, २०८२ बिहिबार July 10, 2025

राष्ट्रपतिद्वारा ‘मुलुकी संहितासम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८०’ प्रमाणिकरण

राष्ट्रपतिले नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणिकरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रपति रामचन्द्र पौडेलले ‘मुलुकी संहिता सम्बन्धि केही नेपाल ऐनलाई संशोधन सम्बन्धि विधेयक २०८०’ प्रमाणिकरण गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले संघीय संसदको दुवै सदनबाट पारित भई राष्ट्रपति कार्यालयमा पेस भएको सो विधेयक साउन १२ गते प्रमाणिकरण गर्नुभएको पत्र राष्ट्रिय सभालाई प्राप्त भएको हो । आईतवार बसेको राष्ट्रिय सभा बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सो विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएको पत्र राष्ट्रपति कार्यालयबाट प्राप्त भएको जानकारी दिनुभएको हो ।

उहाँले भन्नुभयो, ‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्युबाट नेपालको संविधान धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण भएको देहाय बमोजिमको विधेयकको थान १ यसैसाथ पठाइएको व्यहोरा अनुरोध छ । मुलुकी संहीता सम्बन्धि केही नेपाल ऐनलाई संशोधन सम्बन्धि विधेयक २०८० । प्रमाणीकरण मिति: २०८०/४/१२ ।’

अध्यक्ष तिमिल्सिनाका अनुसार सो विधेयक राष्ट्रपतिले नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणिकरण गर्नुभएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया