कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

सुनको मूल्य स्थिर, चाँदीको भाउ घट्यो

तेजाबी सुनको मूल्य पनि बिहिबारकै मूल्यमा यथावत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नेपाली सुनचाँदी बजारमा आज साता कारोबारको दोस्रो दिन सोमबार पनि सुनको मूल्य स्थिर रहेको छ । बिहिबार देखि स्थिर रहेको सुनको मूल्य आज पनि सोहि मूल्यमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुन स्थिर रहि प्रतितोला एक लाख ११ हजार एक सय रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

यस्तै, तेजाबी सुनको मूल्य पनि बिहिबारकै मूल्यमा यथावत रहि प्रतितोला एक लाख १० हजार पाँच सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी ५ रुपैयाँले घटेर प्रतितोला १४ सय ६० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया