कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

सुनको मूल्य तोलामा ६ सय रुपैयाँले वृद्धि

कतिमा हुँदैछ कारोवार ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः साताको तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँ बढेको छ  । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ११ हजार एक सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज १ लाख ११ हजार ७ सय रुपैयाँ पुगेको हो ।

यस्तै आज तेजाबी सुनको मूल्य १ लाख ११ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेकोले जनाएको छ ।

यता चाँदीको मूल्य भने ५ रुपैयाँले मात्र बढेर १ हजार ४ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया