श्रावण ६, २०८२ मंगलबार July 22, 2025

अफ्रिकी देश ग्याबोनमा सैन्य कु, निर्वाचित राष्ट्रपति नजरबन्दमा

सेनाले राज्य टेलिभिजनमा चुनावी नतिजा रद्द भएको र बोंगोलाई घरमै नजरबन्द गरेको घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अफ्रिकन देश ग्याबोनमा सेनाले कु गरेको छ । ग्याबोनिज रिपब्लिकन गार्डका कमाण्डर इन चिफ ब्रिस ओलिगुई न्गुइमाले बुधबार राति एउटा बिद्रोहपछि मध्य अफ्रिकी देशको संक्रमणकालीन नेताको रूपमा नाम दिइएको थियो ।

राष्ट्रिय निर्वाचन आयोगले मंगलवार राष्ट्रपति अलि बोंगोले तेस्रो कार्यकाल जितेको घोषणा गरेको थियो । तर सेनाले राज्य टेलिभिजनमा चुनावी नतिजा रद्द भएको र बोंगोलाई घरमै नजरबन्द गरेको घोषणा गरेको थियो ।

ग्याबोनी सेनाका नेताहरूले सर्वसम्मत भोटबाट न्गुमालाई संस्थाको संक्रमण र पुनःस्थापना समिति (सिटीआरआई) को अध्यक्ष नियुक्ति गर्न सहमत भएको समितिका प्रवक्ता उलरिच मनफोउम्बी मनफोम्बीले बताए ।

राष्ट्रपति बोन्गोलाई परिवारका सदस्य र चिकित्सकसँगै राखिएको बताइएको छ । उनका एक छोरा राष्ट्रद्रोहको अभियोगमा पक्राउ परेका छन् । सेनाले चुनावी परिणाम रद्द गर्दै अन्तर्राष्ट्रिय सीमा बन्द गरेको र सबै संस्थालाई विघटन गरेको घोषणा गरेको छ ।

‘कु’ को समर्थन गर्दै हजारौं मानिस सडकमा निस्केका छन् । अली सन् २००९ मा राष्ट्रपति भएका थिए । त्यसयता उनी निरन्तर सत्तामा थिए । उनले सन् १९६७ देखि राष्ट्रपति रहेका आफ्ना पिता ओमारबाट सत्ता प्राप्त गरेका थिए ।

बोन्गोको परिवार ग्याबोनमा ५३ वर्षदेखि सत्तामा थियो । पछिल्लो समय देशमा संस्थागत, राजनीतिक, आर्थिक तथा सामाजिक संकट देखापरेकाले ‘कु’ गर्नु परेको सेनाले दाबी गरेको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया