काठमाण्डौंः युक्रेनले रुसी नियन्त्रणमा रहेको आफ्नो भूभाग फिर्ता लिन सैन्य कारबाही तीव्र बनाएको छ । युक्रेन पछिल्लो पटक रुस नियन्त्रित जापोरिजिया क्षेत्रका मुख्य सामरिक विन्दूमा पहुँच बढाउन सफल भएको छ ।
जापोरियाको रोबोटिन र नोमोप्रोकोपिभ्का क्षेत्रमा उपस्थिति बढाउन युक्रेन सफल भएको छ । सैन्य तैनाथी, हतियार बन्दोबस्ती र विपक्षी निसानाको ठेगान लगाउन युक्रेनी सेना सफल भएको युक्रेनी उच्च सैनिक अधिकारीको दावी छ ।
रुसी सैन्य आधारका रुपमा समेत रहेको दक्षिणी मोर्चा कमजोर बनाउन युक्रेन सफलउन्मुख रहेको पुष्टि गर्ने तथ्यहरु भेटिएको सीएनएनले जनाएको छ । तर रुसले भने युक्रेनी आक्रमणको सामना गरिरहेको दावी गरेको छ ।
पछिल्ला दिनहरुमा युक्रेनले विष्फोटक हतियार सहितका ड्रोनमार्फत रुसी सैन्य पकडलाई धोल्लो बनाउँदै लगेको दावी गरेको छ । एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया