श्रावण ६, २०८२ मंगलबार July 22, 2025

अमेरिकी सिनेटर क्रिस भान होलेन काठमाडौं आईपुगे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अमेरिकी सिनेटको परराष्ट्र सम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्य सञ्चालनसम्बन्धी विनियोजन उपसमितिका सदस्य सिनेटर क्रिस भान होलेन शुक्रबार काठमाडौं आइपुगेका छन्।

नेपाल आउनु एक साताअघि उनले अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीसँग भेटवार्ता गरेका थिए। ‘सिनेटर क्रिस भान होलेनलाई नेपालमा स्वागत गर्न पाउँदा हामी हर्षित छौँ ! आफ्नो भ्रमणका क्रममा उहाँले अमेरिका र नेपालबीचको राजनीतिक र व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउन सरकारी अधिकारीहरू, युवा नेताहरू, सांसदहरू र उद्यमीहरूसँग भेटघाट गर्नुहुने र नेपालको स्वास्थ्य र पूर्वाधारका क्षेत्रमा अमेरिकी सहयोगमाथि प्रकाश पार्नुहुनेछ,’ अमेरिकी राजदूतावासले भनेको छ ।

होलेन अमेरिकाको मेरिल्यान्डका सिनेटर हुन्। राजदूत खत्रीले संसद् भवन क्यापिटल हिलमा उनीसँग भेटेका थिए।

नेपालले लोकतन्त्रको सुदृढीकरणमा गरेको प्रगति तथा नेपालमा अमेरिकाको आर्थिक सहयोगको प्रभावका विषयमा उनले नेपालमा सरोकारवालाहरूसँग छलफल गर्ने कार्यक्रम छ। एमसिसी परियोजनाहरू औपचारिक रूपमा कार्यान्वयनमा गएपछि नेपाल आउने उनी पहिलो अमेरिकी प्रतिनिधि हुन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया