श्रावण ६, २०८२ मंगलबार July 22, 2025

प्यालेस्टाइनी र इजरायली सैनिकबीच नाब्लस सहरमा झडप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः वेस्ट बैंकको नाब्लस सहरमा बिहीबार राति भएको झडपमा १० प्यालेस्टाइनी र ४ जना इजरायली सैनिक घाइते भएका छन् । इजरायली सेनाको बल सैन्य बुलडोजरसहित विस्फोटक पदार्थ बोकेर आएपछि झडप सुरु भएको हो ।

इजरायली सेनाले दर्जनौँ इजरायलवासीलाई धार्मिक अनुष्ठानका लागि नाब्लसको फ्ल्यासपोइन्ट साइट जोसेफको चिहानमा लैजान नाब्लस सहरमा आक्रमण गरेको थियो । जोसेफको चिहानसम्म जाने सडकहरू अवरुद्ध गर्दै प्लोस्टाइनी नागरिकहरूले विरोध गरेका थिए ।

3 Palestinian killed in clashes with Israeli soldiers in West Bank-Xinhua

उनीहरूले इजरायली गाडीको टायर जलाउनुका साथै इजरायली सेनाको गाडीमाथि ढुंगा प्रहार गरेका थिए । प्रदर्शकारीलाई रोक्न सैनिकले रबरको गोली र अश्रुग्यास छोडेको थियो । सैनिकबाहेक झडपको क्रममा ५६ प्यालेसटाइनी नागरिक घाइते भएका छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया