श्रावण ६, २०८२ मंगलबार July 22, 2025

थाइल्याण्डकी पूर्वप्रधानमन्त्री सिनावात्राको सजाय एक वर्ष घटाइयाे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः थाइल्याण्डका राजाले शुक्रबार पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा (७४) को जेल सजाय आठ वर्षबाट घटाएर एक वर्षमा पुर्याएका छन् ।

थाइल्यान्डका राजा महा वजिरालोङकर्नको निर्णय शुक्रबार शाही राजपत्रमा प्रकाशित भएको थियो। शिनावात्रा १५ वर्षको स्वयम् निर्वासनपछि गत हप्ता थाइल्यान्ड फर्केकी थिए, त्यसपछि उनलाई जेलमा राखिएको थियो ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई जेलबाट अस्पताल लगिएको छ ।

थाइल्याण्ड एक संवैधानिक राजतन्त्र हो, जहाँ राजालाई दोषी अपराधीहरूलाई माफी दिने अन्तिम निर्णय गर्ने अधिकार छ। सिनावात्रा सन् २००१ देखि २००६ सम्म देशको प्रधानमन्त्री थिइन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया