श्रावण ६, २०८२ मंगलबार July 22, 2025

भारतमा आजदेखि जी-२० शिखर सम्मेलन शुरु हुँदै

विश्वका नेता भारतमा, पुटिन र सी भने अनुपस्थित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः भारतको राजधानी नयाँ दिल्लीमा आजदेखि शुरु हुने जी-२० शिखर सम्मेलनमा भाग लिन विश्व नेताहरु हिजै दिल्ली आइपुगेका छन् । सम्मेलनमा भाग लिन अमेरिकी राष्ट्रपति जो बाइडन हिजै दिल्ली आइपुग्नु भएको हो ।

यसैगरी बेलायती प्रधानमन्त्री ऋषि सुनक पनि हिजै दिल्ली आइपुग्नु भएको छ । यस सम्मेलनमा चीनिया राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भने सहभागी नहुने हुनुभएको छ ।

धेरै मुद्दाहरुमा विभाजित जी-२० राष्ट्र प्रमुखहरु नयाँ दिल्लीमा एकै मञ्चमा सहभागी हुने भएका हुन् । यस सम्मेलनमा रुस युक्रेन युद्ध मुख्य मुद्दा हुनेछ ।

हिजो साँझ दिल्ली आइपुग्नुभएका बाइडनले हिजै भारतीय प्रधानमन्त्री मोदीलाई भेटेर विभिन्न क्षेत्रमा सहयोग गर्ने प्रतिवद्धता जनाइसक्नु भएको छ । जी-२० मा विश्वका ठूला अर्थतन्त्र भएका १९ राष्ट्र र युरोपेली संघ रहेका छन् ।

यसपटकको सम्मेलनको मुख्य चुनौती भनेको घोषणापत्रमा सहमत गराउनु हुनेछ । असहमतिका बाबजुद पनि भारतले सदस्य राष्ट्रहरुलाई दिल्ली घोषणापत्रमा सहमत गराउन कडा दवाब दिनेछ । घोषणापत्र विना नै सम्मेलन सहिएमा यो नै पहिलो सम्मेलन हुनेछ ।

गत वर्ष इन्डोनेसियामा भएको शिखर सम्मेलनमा युद्धका विषयलाई लिएर तीब्र असहमति थियो । तर पनि जी-२० भित्रकै मतभेदलाई समेटेर घोषणापत्र जारी गरिएको थियो ।

यसपटक स्थिति अझै विग्रिएको छ । युक्रेन युद्धलाई लिएर रुस र चीनले कुनै पनि सहुलियत दिने राजी नहुन सक्छन् । अझ सी र पुटिनको अनुपस्थितिले यस विषयमा निर्णय लिन अझै कठिन हुने अनुमान गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया