श्रावण ६, २०८२ मंगलबार July 22, 2025

चीन र युरोपबीच कुनै स्वार्थको द्वन्द्व छैन : चिनियाँ प्रधानमन्त्री

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः चिनियाँ प्रधानमन्त्री ली खछ्याङले युरेसियाको विपरीत छेउमा रहेको चीन र युरोपबीच कुनै भूराजनीतिक द्वन्द्व नरहेको बताउनुभएको छ ।

युरोपेली परिषद्का अध्यक्ष चाल्र्स मिशेलसँग जी–२० शिखर सम्मेलनका क्रममा भएको भेटमा लीले द्विपक्षीय सम्बन्धको सुदृढ र स्थिर विकासका लागि चीन युरोपसँग मिलेर काम गर्न तयार रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “चीन र युरोप विश्वका दुई प्रमुख शक्ति, बजार र सभ्यता भएकाले चीन–युरोप सम्बन्धले युरेशियन महाद्वीपको विश्वव्यापी स्थिरता र समृद्धिलाई टेवा पुर्याउँछ ।”

चिनियाँ प्रधानमन्त्री लीले भन्नुभयो, “चीन समृद्ध र स्थिर युरोप हेर्न चाहन्छ र आफ्नो साझेदारीमा प्रतिबद्ध रहन, संवाद र आदानप्रदानलाई थप मजबुत बनाउन, पारस्परिक लाभकारी सहयोगलाई प्रगाढ बनाउन चाहन्छ । संवेदनशील मुद्दाहरूको उचित व्यवस्थापन गर्न, चीन–युरोप सम्बन्धको दिगो, स्वस्थ र स्थिर विकासलाई बढावा दिन र यस अशान्त विश्वमा स्थिरता र सकारात्मक ऊर्जा प्रवाह गर्न युरोपेली पक्षसँग काम गर्न चीन सधैँ तयार छ ।”

उहाँले दुवै पक्षले रणनीतिक मार्गनिर्देशनलाई बलियो बनाउनुपर्ने बताउनुभयो ।

यस वर्ष चीन–ईयू व्यापक रणनीतिक साझेदारीको २० औं वर्षगाँठको रूपमा, चिनियाँ प्रधानमन्त्रीले मिशेल र युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयेनसँग चीन–ईयू शिखर सम्मेलनको नयाँ चरणको सह–अध्यक्षता गर्न उत्सुक रहेको बताउनुभयो ।

चीनको विकास युरोपका लागि जोखिम नभई अवसर हो र दुवै पक्षले पारस्परिक लाभका लागि खुलेर सहकार्य गरिरहनुपर्छ । अहिले वा भविष्यमा जस्तोसुकै भए पनि लीले चीन युरोपको भरपर्दो मित्र र साझेदार रहेको र रहिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

चीन युरोपसँग संवाद र वार्ता बढाउन, चीन–युरोप आर्थिक र व्यापारिक सम्बन्धको विश्वसनीयता र स्थायित्व लाई बढावा दिन सान्दर्भिक संयन्त्रहरू स्थापना गर्न छलफल गर्न तयार रहेको बताउँदै उहाँले चीनमा लगानी र सञ्चाल गर्न थप युरोपेली व्यवसायहरूलाई स्वागत गरिने बताउनुभयो ।

उक्त अवसरमा युरोपेली परिषद्का अध्यक्ष मिशेलले ईयूले पनि चीनलाई एक आर्थिक रूपमा सम्पन्न एक असल र सहयोगी मित्रका पमा हेर्ने गरेको बताउनुभयो ।

उक्त अवसरमा युरोपेली परिषद्का अध्यक्ष मिशेलले भन्नुभयो, “ईयू एक चीन सिद्धान्तमा अडिग छ । सफल ईयू–चीन शिखर सम्मेलनको आयोजना गर्न, विभिन्न क्षेत्रमा संवाद र सहयोगलाई गहन बनाउन र जलवायु परिवर्तन, सार्वजनिक स्वास्थ्य, सुरक्षा र स्थिरताजस्ता विश्वव्यापी चुनौतीहरूलाई संयुक्त रूपमा सम्बोधन गर्न चीनसँग काम गर्न ईयू तयार रहेको छ ।”सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानी हक्की टिमले भारतमा एसिया कप नखेल्ने, भन्यो, ‘सुरक्षा ग्यारेन्टी छैन्’
२०८२ श्रावण ६, मंगलबार
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसुची
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार