कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

प्रभु सेलेक्ट फण्डको लाभांश घोषणा

प्रभु क्यापिटलले इकाइधनीहरुलाई ९.५० प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः प्रभु म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘प्रभु सेलेक्ट फन्ड’को लाभांश घोषणा गरिएको छ । सोमबार बेलुका बसेको योजना व्यवस्थापक प्रभु क्यापिटलको बैठकले आर्थिक वर्ष २०७९–८०का लागि प्रभु सेलेक्ट फन्डको लाभांश घोषणा गरेको हो ।

प्रभु क्यापिटलले यो योजनाका इकाइधनीहरुलाई ९.५० प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने भएको छ । लाभांश वितरणार्थ बुक क्लोजको मिति भने निकट भविष्यमा तय गरिने क्यापिलले जनाएको छ । यो योजनाको कोष प्रवर्द्धकमा प्रभु बैंक रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया