श्रावण ६, २०८२ मंगलबार July 22, 2025

अमेरिकी राष्ट्रपतिमाथि भ्रष्टचारको आरोप, महाअभियोगका लागि छानबिनको अनुमति

बाइडेनले अमेरिकाको राष्ट्रपति कार्यालयमा रहँदा आफ्ना छोरा हन्टर बाइडेनलाई विदेशी व्यापारमा फाइदा पुर्याएको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पपछि अब जो बाइडेन पनि समस्यामा परेका छन् ।

अमेरिकी संसदका सभामुख केभिन म्याकार्थीले राष्ट्रपति बाइडेनविरुद्ध महाभियोगको छानबिन सुरु गर्न अनुमोदन गरेका छन् । विदेशी सञ्चारमाध्यमका अनुसार म्याकार्थीले बाइडेन परिवारको व्यापारिक कारोबारबारे छानबिन सुरु गर्न निर्देशन दिएका हुन् ।

म्याककार्थीले मंगलबार अमेरिकाको क्यापिटल हिलमा भने, ‘म आज राष्ट्रपति बाइडेन विरुद्ध औपचारिक महाभियोग अनुसन्धान सुरु गर्न हाउस कमिटीहरूलाई निर्देशन दिइरहेको छु।’

म्याकार्थीले हाउस ओभरसाइट र एकाउन्टेबिलिटी कमिटीका अध्यक्ष जेम्स कमरले अनुसन्धानको निरीक्षण गर्ने बताए। हाउस न्यायिक समितिका अध्यक्ष जिम जोर्डन र हाउस वेज र मीन्स समितिका अध्यक्ष जेसन स्मिथले जेम्स कमरलाई सहयोग गर्नेछन्। तर, ह्वाइट हाउसले महाभियोग अनुसन्धानको विरोध गरेको छ ।

समाचार अनुसार बाइडेनले सन् २००९ देखि २०१७ सम्म अमेरिकाको राष्ट्रपति कार्यालयमा रहँदा आफ्ना छोरा हन्टर बाइडेनलाई विदेशी व्यापारमा फाइदा पुर्याएको आरोप छ । रिपब्लिकनहरूले पनि यस वर्ष लामो समयसम्म यस विषयमा अनुसन्धान गरेका थिए, जसमा बाइडेन विरुद्ध प्रमाण फेला पर्न सकेका थिएनन।

तर, मंगलबार म्याकार्थीले प्रमाण ल्याउने बताए । म्याकार्थीले भने कि रिपब्लिकनहरूले फोन कल र पैसा स्थानान्तरणसहित अन्य प्रमाणहरू प्रस्तुत गरेका छन् जसले बाइडेन परिवार विरुद्ध भ्रष्टाचारको मुद्दा बनाउँदछ। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानी हक्की टिमले भारतमा एसिया कप नखेल्ने, भन्यो, ‘सुरक्षा ग्यारेन्टी छैन्’
२०८२ श्रावण ६, मंगलबार
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसुची
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार